रवि र तेलिनाको कप्तानीमा बागलुङको भलिबल टोली घोषणा

बाग्लुङ | माघ २९, २०७९

रवि र तेलिनाको कप्तानीमा बागलुङको भलिबल टोली घोषणा

बागलुङ:   स्याङ्जाको वालिङमा हुने मुख्यमन्त्री कप गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउन जिल्ला भलिबल संघ बागलुङले टोली घोषणा गरेको छ । 


फागुन १ देखि ३ गतेसम्म स्याङ्जाको वालिङमा आयोजना हुने  मुख्यमन्त्री कपमा पुरुष तर्फ यू–२३ राष्ट्रिय टोलीका सदस्य रवि केसी र महिला तर्फ तेलिना छन्त्यालको कप्तानीमा टोली घोषणा गरेका संघका उपाध्यक्ष किशोर छन्त्यालले जानकारी दिए । 


पुरुषतर्फ रवि केसीको कप्तानीमा प्रकाश सुनार, प्रविण विक, राजकुमार प्रटेल, ईन्द्र विक, नकुल शाही, कुश्मन थापा, नविन क्षेत्री, मिन सुनार, छम कुवर र कुन्जन शाही छनोट भएका हुन् । पुरुषतर्फको कोचमा कृष्ण शेरचन र व्यवस्थापकमा दिपक मल्ल रहेका छन् । 


महिलातर्फ तेलिना छन्त्यालको कप्तानीमा यशोदा पुन, माया पुन, रिता काउचा, चन्द्रीका रोका, अपेक्षा काउचा, शमिक्षा श्रीस, शुशीला घर्ति, रोजि राना, सुस्मीता सिपार्ली, आंशिका क्षेत्री र हिमाली रोका छनोट भएका हुन् । महिलातर्फ टिम कोचमा किशोर थापा र व्यवस्थापकमा प्रकाश थापा रहेका छन् । 


मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा सहभागिता जनाउन गलकोटमा सम्पन्न भएको मेयरकप भलिबल प्रतियोगितामा सहभागि भएका पालिकाबाट खेलाडी छनोट गरेको जिल्ला भलिबल संघ बागलुङले जनाएको छ । 

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्